१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दवाव सिर्जना गरेर अध्यादेश जारी गरियो : ओली

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार १४:२५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन । नेपाल पर्वतारोहण संघको २७ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताएका हुन ।
सिटकै लागि असंवैधानिक तारिकाले राष्ट्रपतिलाई दबाब सर्जना गरेर अध्यादेश पास गराईएको ओलीको भनाई छ । मिडियाले पनि राष्ट्रपतिसँग भेट गरेपछि अध्यादेश स्वीकृत भएको भनेर हल्ला फिँजाएको भन्दै उनले आफु शितलनिबास नगएको स्पष्ट पारे । ओलीले कांग्रेसहरुले पटक पटक आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए ।
नाकाबन्दीका बेलापनि छिमेकी सम्बन्धन बिगारेको आरोप लगाएको भन्दै उनले भारतसँगको सम्बन्ध पनि आफू नेतृत्वकै सरकारले प्रगाढ बनाएको दाबी गरे । अध्यक्ष ओलीले एमालेलाई जालझेल गरेर जितेको आरोप लगाउने गरेको भन्दै एमाले झ्यालबाट नभई हाइवेबाट यहासम्म आईपुगेको धारणा पनि राखे ।