७ बैशाख २०८१, शुक्रबार
Follow Us

रु बत्तीस लाखसहित भारतीय पक्राउ

नेपालब्रिटेन डट कम्
१४ पुष २०७४, शुक्रबार १४:३१

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले रु ३२ लाख रकमसहित आज एक भारतीयलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले रौतहटबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७७६ नंको गाडीमा आउँदै गरेको अवस्थामा जाँचका क्रममा भारत घर भएका सोनुकुमार चौधरीलाई आज अपराह्न सो रकमसहित पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टले स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिनुभयो । चौधरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।