१२ बैशाख २०८१, बुधबार
Follow Us

टुडिखेलमा नयाँ वर्ष अर्थात् तमु ल्होसार (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार १२:४५

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो ।

“तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ”–उहाँले भन्नुभयो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताको सहभागिता थियो ।

k|d b]pjf …td' Nxf];f/Údf k|wfgdGqL z]/axfb'/ b]pjf zlgaf/ sf7df8f}Fsf] 6'Fl8v]ndf u'?ª ;d'bfon] k'/fgf] jif{nfO{ labfO u/L gofF jif{sf] :jfutdf dgfPsf] …td' Nxf];f/Ú kj{df ;xefuL x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

2

3

4