१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यार्थीलाई बागिश्वरी लाइन्सको सहयोग

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार १३:३६

भरतपुर । लाइन्स क्लब अफ बागिश्वरीले भरतपुर–२९ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय रातोमाटेका छात्रछात्रालाई स्टेसनरी र न्यानो कपडा सहयोग गरेको छ । लाइन्स क्लव अफ इन्टरनेशनल डिष्टक ३२५ बी २ का पुर्व डिष्टक गर्भनर राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण भएको थियो ।
सो अवसरमा प्रमुख अतिथी श्रेष्ठले महानगरपालिका भित्रका यस्ता विकट क्षेत्रमा रहेका विपन्न विद्यार्थीका लागि सबैले सहयोग गर्नुपर्ने बताए । संयोजक हरिशरण क्षेष्ठ, जोन चेयरपर्सन रामप्रसाद पुडासैनी, क्लबका सचिव गोकुल विद्यालयका प्रअ चिजकुमार श्रेष्ठलगायतको कार्यक्रममा उपस्थति रहेको थियो । लाइन्स क्लब अफ बागिश्वरीका अध्यक्ष विद्यामान शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन गरिएको थियो । ५ कक्षासम्म सञ्चालनमा रहेको सो विद्यालयमा ४६ जना विद्यार्थीहरुलाई स्वीटर टोपी, कपी कलम सहयोग गरेको क्लबका अध्यक्ष शाक्यले जानकारी दिए ।