१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रवासी नेपाली मञ्च बेलायतले १३ औं स्थापना दिवस मनाउने

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार २०:३७

लन्डन– नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतले आफ्नो १३ औं स्थापना दिवस भव्य कार्यक्रमकाबीच मनाउने तयारी गरेको छ । ‘सपरिवार सहभागी बनौ, १३ औ स्थापना दिवस भव्य रुपमा मनाऔं’ भन्ने नारा सहित ७ जनवरीमा कार्यक्रमको आयोजना गरिन लागिएको मन्चका अध्यक्ष राजेन्द्र पुडासैनीले वताए ।

लण्डनस्थित गोल्डेन सिप रेष्टुरेन्टको हलमा ठूलो संख्यामा उपस्थिति पार्टीका नेता कार्यकर्ताबीच स्थापना दिवस समारोह मनाउन लागिएको हो । कार्यक्रमलाई सफल पार्न रामजी बराल, कृष्ण तिवारी, उमेश मोक्तान रहेको एक समिति गठन गरिएको छ । कार्यक्रमलाई वेलायतस्थित बिभिन्न संघसँस्थाका प्रतिनिधीहरुले सम्बोधन गर्न कार्यक्रम तय गरिएको छ ।