७ बैशाख २०८१, शुक्रबार
Follow Us

तमुधिं यूकेको ल्होछार उल्लासमय (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार २२:५४

लन्डन — बेलायतका तमु गुरुङहरूले आफ्नो महान पर्व ‘ल्होछार’ भव्य समारोहबीच मनाएका छन् ।
तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा हजारौं सहभागीबीच १७ औं ल्होछार कार्यक्रम गरेको हो । तमुहरूको मौलिक पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरियो । नेपालबाट आएका कलकारहरू मेलिना राई, नायक नरजंग गुरुङले आआफ्नो दिए भने विभिन्न तमुधिं इकाईले आफ्नो मौलिक नाच देखाएका थिए ।
कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदीले विविधतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै नेपालीहरू सयौं थुँगा फूलमा उनिएको एउटा सुन्दर माला जस्तै भएको बताए । उनले गुरुङ संस्कार र संस्कृतिले नेपाल र नेपालीको पहिचान अनि प्रतिष्ठा विश्वभर बढाएको धारणा राखे ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले अतिथिहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा वेलायतमै रहेका कलाकारहरु बिमाकुमारी दुरा, गायक धन गुरुङ, गायिका मन्जु विक र नायिका अश्मी गुरुङले समेत आआफ्नो प्रस्तुती दिए । उक्त अवसरमा जीसीएसई, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न पुरस्कार तथा अवार्ड प्रदान गरियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, नेपाली दूतावासका प्रवक्ता शरदराज आरण, एनआरएन यूकेका अध्यक्ष योग फगामी, नेपाल पत्रकार महासंघ वेलायतका अध्यक्ष नरेश खपांगी, सोलिसिटर राजु थापा, व्यवसायी रवि लामिछाने, लगायत हजारौं सहभागी भए । धार्मिक पूजाको लागि गुप्ती गुरुङ, से नाम्खा दोर्जे गुरुङ, खेम्पो छेवांग घले, खेम्पो भजेन्द्र शिला , जनता गुरुङ लगायतका लामा धर्मगुरुहरुले विभिन्न धार्मिक पूजा, ग्रहशान्ति गरेका थिए ।

1514474433nripesh

26231837_1854620967904293_9155510728282609096_n

26173981_1958854844435226_3570938634680592985_o

26173296_1958854824435228_8976220007170247744_o

26171992_1958855297768514_6546252114622643936_o

26170167_1958855427768501_757913147423581626_o

26116442_1958854574435253_6170468429074884348_o

25488298_1958855014435209_5817858564453974425_o

25488298_1958855144435196_7540612510270202331_o

26114571_1958854591101918_6490844994104544852_o

26114645_1958855391101838_2213771602714065955_o

26114671_1958854367768607_9027376957980910886_o

फोटो – शिव भण्डारी