११ बैशाख २०८१, मंगलवार
Follow Us

दक्षिणी ध्रुव चुमेर ‘जय गोर्खाको नारा’

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार २३:२४

लण्डन। बेलायती सेना अन्तर्गत रोयल गोर्खा राईफल पहिलो बटालियनका एक सैनिकले एक्लै दक्षिणी ध्रुव (साउथ पोल) चुमेर रेकर्ड राखेका छन् ।

एक्लै दक्षिणी ध्रुव चुमेर रेकर्ड राख्ने स्क्ट सीयर बेलायती सेना अन्तर्गत रोयल गोर्खा राईफल पहिलो बटालियनका लेफ्टिनेन्ट हुन। उनले दक्षिणी ध्रुबमा खुकुरी चिन्ह अंकित गोर्खा झण्डा फहराउँदै ुजय गोर्खाुको नारा पनि लाएका थिए। सीयर विश्व बिख्यात टेनिस खेलाडी एण्डी मरेका सालो हुन। ७ सय माइल दुरी उनले पूर्वनिर्धारीत समय भन्दा १२ दिन अगावै पुरा गरेका थिए ।