१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जर्मनमा तमु ल्होसार मनाईँयो

नेपालब्रिटेन डट कम्
१५ पुष २०७४, शनिबार २३:५१

जर्मन । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसारको अवसरमा जर्मनीको म्युनिख शहरमा सोमबार तमु ल्होसार साँझ-२०१७ सम्पन्न भएको छ। म्युनिखबासी गुरुङ परिवारले दोश्रो पटक आयोजना गरेको उक्त कार्यक्रममा म्युनिख उव्म वरपर बसोबास गर्ने नेपाली तथा विदेशी पाहुनाहरुको उत्साहजनक उपस्थिती रहेको थियो।

राम गुरुङको सभापतित्वमा आयोजना भएको कार्यक्रममा  म्युनिखबासी गुरुङ परिवारका सक्रिय सदस्य खड्ग गुरुङ, तथा ८६ वर्षीय दानश्री गुरुङको अथित्यता रहेको थियो।

कल्पना गुरुङले स्वागत मन्त्यव्यबाट सुरु भएको कार्यक्रममा गैरआवासिय नेपाली संघ जर्मनीका उपाध्यक्ष एवंम हिमालय परिवार म्युनिखका अध्यक्ष हरि न्यौपाने, एल सी सी बायर्नका अध्यक्ष सुबास चन्द्र सापकोटा, ईनास जर्मनीका बरिष्ठ सल्लाहकार एवंम हिमालय परिवार म्युनिखका संस्थापक अध्यक्ष खड्ग न्यौपाने, चितवन समाज जर्मनीका सल्लाहकार होमनाथ ढकाललगायतले आ आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन उमा गुरुङले गरेकी थिइन्।