१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्यान्वेरामा नेपालीले मनाए क्रिसमस

नेपालब्रिटेन डट कम्
१६ पुष २०७४, आईतवार ०२:३६

क्यान्वेरा (अस्ट्रलिया) । इसाई धर्मलवम्बिहरुको महान चाड क्रिसमस र नयाँ वर्ष २०१८ को अवसरमा जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनको आयोजनामा राजधानी क्यान्वेरामा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनका अध्यक्ष अशोक सुबेदीको सभापतित्वमा आयोजित कार्यक्रममा क्यान्वेरा, क्वीन्वीयन क्षेत्रका नेपालीहरुको उत्साह जनक उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै जनसम्पर्क समिति क्यान्वेरा, क्वीन्वीयनका उपध्यक्ष भागिरथ सापकोटाले मानव जीवनमा राजनीतिको महत्व माथि प्रकाश पर्दै इमान्दार राजनीति ले जीवन सार्थक बन्न सक्ने धारणा राखेका थिए ।

कार्यक्रमा बोल्दै स्थानीय बुद्दिजिवि डा. कृष्ण हमाल ले अष्ट्रेलियाको नेपाली समुदायमा बढ्दो नेपाली संघ संस्था हरुले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई झनै फाइदा हुने विचार राखे ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासका तर्फ़बाट उपनियोग प्रमुख राजेन्द्र पाण्डेले अष्ट्रेलियाका राजनीतिज्ञबाट सिकेका इमान्दारी राजनीतिक अभ्यास नेपालमा आफ्ना नेताहरुलाई पनि सिकाउन अनुरोध गर्दै आफू पनि आफ्ना सहकर्मीहरुलाई आफूले सिकेका इमान्दारी अभ्यासहरू साट्ने प्रण गरे ।

कार्यक्रमका बारेमा अनलाइनखबरसँग कुरा गर्दै जनसम्पर्क समिति क्यान्वेरा,क्वीन्वीयनका अध्यक्ष अशोक सुबेदीले भने,’कार्यक्रम विशुद्ध राजनीतिक उद्देश्यले गरिएको हो, हामी सामाजिक सद्भाव र भाइचारा अभिबृद्धि होस् भन्ने चाहन्छौं । प्रवासमा बसेर राजनीतिको नाममा नेपाली-नेपाली बीचमा फुट गराउनु हुन्न ।’

कार्यक्रमा तरूणदल केन्द्रीय सदस्य इन्द्रकमल बुढाथोकी, जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश पोखरेल र ग़ैरआवासीय नेपाली संघ अष्ट्रेलियन क्यापिटल टेरिटोरि संयोजक राजन ढुंगेलले आ-आफ्नो मन्तब्य राख्दै तथा शुभकामना ब्यक्त गरेका थिए ।