७ बैशाख २०८१, शुक्रबार
Follow Us

परोपकारी देव

नेपालब्रिटेन डट कम्
१६ पुष २०७४, आईतवार ०२:४३

लन्डन–लन्डन साउथ हारो स्थित गोल्डेनसिप रेस्टुरेन्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्पन्न च्यारिटी डिनरबाट संकलित रकम प्रदान गरेको स्थल पुगी संचालक देव गुरुङले नेपालमा गएको महाभूकम्पका कारण विक्षिप्त स्कुल भबन मर्मतमा स्वतस्फूर्त आर्थिक सहोयोग गरेको बताए ।

गुरुङले विभिन्न विद्यालय र सामाजिक संस्थाका लागि सहयोग गर्नुका लागि भेटघाट र अनुभव आदान प्रदान गरे । कास्कीको घान्द्रुक १ स्थित फुम्रोखुं बराह मावि उद्घाटनमा सहभागी हुँदै उनले बेलायतमा च्यारिटी गरि उक्त विद्यालय निर्माणका लागि जम्मा भएको १६ लाख, ९४ हजार तीनसय ६७ रुपैयाँ हस्तान्तरण गरे ।

गुरुङले तनहुँको रुपाकोट गाउँपालिकामा रहेको सामूदायिक भवन निर्माणका लागि तीन लाख रुपैयाँ सहयोग गरे भने कुन्छा हाइस्कुलका लागि एक लाख रुपैयाँ प्रदान गरे । उनले विद्यालयमा पुगेर व्यवस्थापन समिति एवं विद्यार्थीसँग अन्तर्क्रिया तथा अनुभव आदानप्रदान गरे ।

गुरुङले बन्दी जीवन बिताइरहेका महिलाका टुहुरा बालबालिकालाई आश्रय दिइरहेको काठमाडौंस्थित बन्दी सहायता नेपाल (प्रिजनर्स असिस्टेन्टस नेपाल) लाई ५० हजार रुपैयाँको खाद्य सामाग्री समेत खरिद गरिदिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावले मुलुक व्यस्त भएका बेला गुरुङको सामाजिक अभियानले चर्चा पाएको छ ।