११ बैशाख २०८१, मंगलवार
Follow Us

‘दम्भ कसैले देखाउन हुन्न, कांग्रेससँग पनि मिल्नुपर्छ’ : प्रचण्ड (भिडियाे)

नेपालब्रिटेन डट कम्
१६ पुष २०७४, आईतवार ०६:१०

नेकपा माअाेवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहालले जनताले वामगठबन्धनलार्इ दिएकाे बहुमतकाे उच्च कदर हुने बताएका छन् ।

अाइतबार अाज बिहान अध्यक्ष निवास खुमलटारमा टाेल सुधार समितिकाे कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले शुशासनका निम्ति सबै दलहरु एकतावद्ध हुन अावश्यक रहेकाे बताए ।

भारत र चीनसंग अाफुले त्रिदेशिय साझेदारीकाे पस्ताव अगाडि सारेकाे र त्यसका लागि सकारात्मक वातावरण बन्दै गएकाे बताए ।

‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्नेमा जाेड दिए ।

आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाएको र त्यसको समेत वातावरण बन्दै गएको विश्वास व्यक्त गरे ।

अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले भने “वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत प्राप्त भएको छ । त्यो मतलाई हामी देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील छौँ । जनताले पनि हामीबाट ठूलो अपेक्षा गरेका छन् । जनताको उक्त अपेक्षालाई हामी पूरा गर्छौं । कार्यान्वयनमा लैजान्छौँ ।”
https://www.facebook.com/manahari.timilsina/videos/1583536408360411/
उनले राजनीतिक स्थायित्व कायम गरेर देशलाई आर्थिक समृद्धिको दिशामा लैजान आफूहरु क्रियाशील रहेको बताउँदै अब सुशासन र विकासको युग शुरु भएको छ भन्नुभयो । “आर्थिक समृद्धि, सुशासन तथा जनताको पक्षमा काम गर्ने जिम्मेवारी वाम गठबन्धनको काँधमा आएको छ”, उनले भने ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ मत दिए पनि प्रतिपक्षमा रहेका दललाई समेत समेटेर लैजानेतर्फ आफू क्रियाशील रहेको उनको भनाइ छ ।

टोल सुधार समितिले स्थानीय समस्या समाधानका लागि पहल गरिदिन, वाम गठबन्धन सफल बनाउन, मुलुकलाई आर्थिक समृद्धिको मार्गका लैजान र देशका तमाम समस्या समाधान गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको टोल सुधार समितिका सदस्य गंगालाल तामाङले जानकारी दिए ।
-Everest daily