१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बाँकी कुरा आफै मिलाएर बुझ्नुहोस्

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०६:५२

नेपाल विद्यार्थी संघको अधिवेशनको सेरोफेरो मिलाएर गीता गुरुङ चितवनबाट काठमाडौं आएकी थिइन् । यद्यपि उनी विद्यार्थी प्रतिनिधि होइनन्, तर आफूलाई निष्ठावान कार्यकर्ता ठान्छिन् । नेपाली कांगे्रस, नेविसंघको अधिवेशन र वर्तमान राजनीतिबारे कुमार राउतले गीतासँग गरेको कुराकानी । अन्तर्वार्ता लिँदासम्म नेविसंघको विवाद मिलिसकेको थिएन ।
० हिजोआज के गर्नुहुन्छ ?
– नेपाली कांगे्रसको पूर्णकालीन कार्यकर्ताका रूपमा काम गरिरहेकी छु । चितवन क्षेत्र नम्बर ५ मेरो कार्यक्षेत्र हो ।
राजनीति गरेर खान पुग्छ ?
– अहिलेसम्म पुगिरहेको छ भन्नुपर्छ । पूर्णकालीन कार्यकर्ता हुनुअघि अध्ययन र व्यवसायमा संलग्न थिएँ, तर अहिले कांगे्रसमा आस्थाको राजनीतिलाई बलियो बनाउन पूर्णकालीन कार्यकर्ता भएर लागेकी छु ।
० राजनीतिमा के कुराले आकर्षण ग¥यो ?
– मेरो पारिवारिक पृष्ठभूमि पहिलो कुरो हो, मेरा हजुरबा जमानसिंह गुरुङ बीपी कोइरालाको मन्त्रिपरिषद्मा हुनुहुन्थ्यो । त्यसअघि नेपालमा लोकतन्त्र ल्याउन मेरो हजुरबुवाको योगदानलाई कम आँक्न मिल्दैन । अर्को कुरा, राजनीतिले नै देशलाई अघि बढाउने हो ।
० हजुरबुबाका बारेमा केही भनिदिनुहोस् न ?
– बीपी कोइरालाको सामीप्यमा रहेर नेपाली कांग्रेसमा काम गर्नुभयो । बीपीले उहाँको मन्त्रिपरिषद्मा हजुरबुबालाई सहायक मन्त्रीको जिम्मेवारी दिनुभएको थियो । उहाँको सरसंगत तथा भेट्न आउने मान्छेबाट म पनि प्रभावित हुँदै गएकी हुँ । म चाहिँ उहाँको एक्ली छोरीपट्टिको नातिनी हुँ ।
० हजुरबुबाको पदचाप पछ्याउने परिवारमा अरु पनि छन् ?
– छोरीपट्टिबाट म एक्लो हुँ । एकजना मामा इन्द्रबहादुर गुरुङ (आईबी) ले मात्र पार्टी राजनीतिलाई निरन्तरता दिनुभएको छ । परिवारका अरु सदस्य कांगे्रस शुभेच्छुक मात्र हुनुहुन्छ ।
० तपाईंको क्षेत्रमा त कांगे्रस संगठन ध्वस्त छ नि ?
– मेरा कारणले ध्वस्त भएको होइन, आन्तरिक कारणले ध्वस्त भएको हो । चितवन क्षेत्र नम्बर ५ मात्र होइन, आन्तरिक कारणले कांगे्रस बिगे्रको धेरै ठाउँ छ । यसलाई नयाँ नेतृत्वले सुधार गरेन भने मजस्तै आस्थाको राजनीति गर्ने धेरै कार्यकर्ताको चित्त दुःख्छ ।
० आन्तरिक कारण भनेको ?
– आस्थाको राजनीति गर्ने कार्यकर्तालाई पार्टीले प्राथमिकतामा राखेन । नयाँलाई इन्करेज गर्नुपथ्र्यो, पुरानालाई सम्मान गर्दै अघि बढ्नुपथ्र्यो । तर यहाँ आर्थिक लगानी गरेर सामाजिक विचलन भिœयाउन थालेपछि मेरो कांगे्रस होइन, हाम्रो कांगे्रस भन्ने भावनामा ठेस लाग्न थाल्यो ।
० सुधार गर्न के गर्नुपर्छ ?
– कांगे्रसमा समर्पित कार्यकर्तालाई समेट्नुप¥यो । पुरानालाई पाखा लगाएर कांगे्रस कहिले पनि पार्टी बन्दैन । पुरानालाई सम्मान गर्दै नयाँलाई पे्ररणा दिएर उनीहरूको क्षमताअनुसार जिम्मेवारी दिन नेतृत्व चुक्नु हुँदैन ।
० त्यति गर्न नेतृत्वलाई के समस्या ?
– नेतृत्वको प्राथमिकतामा पुराना र समर्पित कार्यकर्ता परेको भए यो समस्या आउँदैन थियो । आर्थिक लगानी गरेर पहुँच बढाउनेहरू यहाँ धेरै भए, त्यसले गर्दा निष्ठाको राजनीति गर्नेमाथि चोट पुग्यो ।
० तपाईंलाई पनि चोट पुग्यो ?
– स्वाभाविक रूपमा परिहाल्छ नि । महाधिवेशनमा सर्वाधिक मत ल्याएर जितेको मान्छे महासमितिमा म हार्नुको कारण के हो ? मसँग पैसा थिएन, म नेतृत्वलाई चन्दा दिन सक्दिनँ, त्यही होइन ?
० सधैं त्यही गुनासो बोकेर पार्टी अघि बढ्छ ?
– निष्ठा, संगठन र आस्थाको राजनीति गर्नेलाई पार्टीले अघि बढाउनुपर्छ । म हारे पनि पार्टी हार्नु हुँदैन भन्ने भावना जागृत गराउने काम पार्टीले गर्नुपर्छ । यो समस्याको जड पार्टीले तुरुन्तै निराकरण गर्नुपर्छ ।
० दोषी को ?
– हामी सबै हौं, कुनै एक व्यक्तिलाई दोष थोपरेर अघि बढ्न सकिँदैन । सबैभन्दा ठूलो दोष चाहिँ पार्टी नेतृत्वको हो, जसले पार्टीमा योगदान दिएका कार्यकर्ता परिचालन गर्न सकेको छैन । काम दिएको छैन ।
० नयाँ नेतृत्वले सुधार गर्ला नि ?
– म कन्फ्युजनमा छु, हामी पुरानालाई दोष दिन्छौं, पुनः पुरानाकै कार्यशैली अपनाउँछौं । अहिले भइरहेको यही हो । पुरानै कार्यशैली पुनारावृत्ति भइरहेको छ । उदाहरणका लागि नेपाल विद्यार्थी संघको चुनावलाई हेर्दा पुग्छ ।
० के गर्नुपथ्र्यो ?
– प्रतिनिधि विवाद महाधिवेशन सुरु भएपछि सिर्जना भएको हो ? यो विवाद पहिले सल्टाएर किन महाधिवेशन घोषणा गरिएन ? यो समस्या आउँछ भन्ने कुरा जान्दाजान्दै पूर्व मेचीदेखि पश्चिम महाकालीका विद्यार्थीलाई तनाव दिनुहुन्छ ? अन्तिममा सबै समस्यालाई फस्ल्याकफुस्लुक गर्ने कांगे्रसको पुरानै शैली हो नि । नयाँ नेतृत्वले पनि त्यही गर्न खोज्यो । यदि प्रतिनिधि विवाद सल्टाएर महाधिवेशनको मिति तोकिएको भए पार्टीको नयाँ नेतृत्वलाई सबैले धन्यवाद मात्र दिँदैन थिए, उनीहरूको क्षमता पनि पहिचान हुन्थ्यो । यद्यपि निर्देशक समितिका संयोजक डा. प्रकाश दाइलगायतको मेहनतलाई धन्यवाद भन्नै पर्छ ।
० दसौं वर्षदेखि हुन नसकेको नेविसंघको महाधिवेशन भएको होइन र ?
– उद्घाटन गर्दैमा महाधिवेशन भयो भन्ने ? प्रतिनिधिले विधिविधानमा छलफल गर्नुपर्दैन ? नेतृत्व छनोट गर्नुपर्दैन ? विवादमुक्त ढंगले विधिविधानमा छलफल होस्, महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिले नेतृत्व छनोट गरुन् अनि मात्र महाधिवेशन भयो भनांैला । आशा गर्ने ठाउँ नयाँ नेतृत्वले दिएको छ । यो नेतृत्वले नयाँ शैलीमा हिँड्नुपर्छ भन्ने मेरा मान्यता हो ।
० नेविसंघको अधिवेशनबाट सन्तुष्ट हुनुहुन्न ?
– विवाद मिलाउने प्रयास भइरहेको छ, मिलोस् भन्ने कामना गर्दछु । तर अधिवेशनको मिति तोक्दैमा, दुई चारवटा फ्लेक्स टाँस्दैमा अधिवेशन भयो भन्न सुहाउँदैन । दूरदराजबाट आएका प्रतिनिधिले नेतृत्व छनोट गर्न पाउनुपर्छ, अनि मात्र अधिवेशन भएको ठानिन्छ । त्यही आशामा छु ।
० के हुनुपथ्र्यो ?
– नेविसंघ पार्टीको जग हो, जग बलियो भए घर बलियो हुन्छ । पार्टीले जग बलियो बनाउन खोजेन । नौ वर्षसम्म नेविसंघको अधिवेशन भएको थिएन, ६ महिना ढिलो गरेर विवाद समाधान गरेपछि मात्र अधिवेशन गर्नुपथ्र्यो । जबसम्म प्रतिनिधिले चुनेको नेतृत्व आउँदैन, तबसम्म पार्टीको जग बलियो हुँदैन भन्ने कुरा बिर्सनु हुँदैन । नेताको वरिपरि घुम्नेको हातमा नेविसंघको नेतृत्व पुग्यो भने सम्झनुहोस् पार्टी धराशयी हुँदैछ ।
० नेविसंघ विवाद मिल्छ ?
– गोलमोटलमा विवाद मिलाउने प्रयास भइरहेको छ । तर मैले तीनवटा विकल्प देखेको छु, हुनुप-यो, हुँदैछ र हुनेछ । बाँकी कुरा आफंै मिलाएर बुझ्नुहोस् ।
० निजी कुरा सोध्न मिल्छ ?
– राजनीति गर्ने मान्छे हुँ, मेरा विगत र वर्तमान खुला किताब जस्तै छन् । देश र समाज परिवर्तनको एकसूत्रीय अभियानमा लागेको छु । परिपक्व वातावरणमा हुर्कें, अविवाहित छु । किन अविवाहित भन्ने सवालको जवाफ मसँग छैन । जन्म, विवाह र मृत्युबारे कसैले भविष्यवाणी गर्न सक्दो रहेनछ । योभन्दा बढी अरु के भनूँ ?