११ बैशाख २०८१, मंगलवार
Follow Us

गुरुङको उपचारार्थ इजरायलबाट रु एक लाख ४५ हजार सहयोग

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार ०४:०५

चितवन । चितवनको भरतपुरका क्यान्सर रोगी आशबहादुर गुरुङको उपचारार्थ इजरालयबाट आर्थिक सहयोग उपलब्ध गराइएको छ । चितवन समाज इजरायलद्वारा संकलित रु एक लाख ४५ हजार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा क्यान्सर रोगी गुरुङलाई उपलब्ध गराइएको हो ।

चितवन यूवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आर्थिक अभावका कारण उपचारमा समस्या रहेको जानकारी पाएपछि चितवन समाज इजरायलले संकलन गरेर पठाएको रकम घरमै पुगेर गुरुङलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

भरतपुर महानगरपालिका वडा नं २३ जगतपुर निवासी गुरुङले आर्थिक सहयोगले हर्षित भएको भन्दै आफ्नो उपचारका लागि प्रवासबाट सहयोग संकलन गर्नुभएकामा धन्यवाद दिनुभयो ।

गालामा क्यान्सर भएका गुरुङको चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । गुरुङ सामान्य ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए ।

गुरुङको उपचारका लागि सात सदस्यीय सहयोग संकलन समितिसमेत गठन गरेर काम भइरहेको छ । गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग गरिदिन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिले सबैमा अपिल गरेको छ ।

अघिल्लो महिनामा पनि चितवन समाज इजरायलले भरतपुर महानगरपालिका वडा नं ११ भोजाडका मिर्गाैलापीडित ५६ वर्षीय मानबहादुर गुरुङको उपचारका लागि रु एक लाख सहयोग गरेको थियो ।

चितवन समाज इजरायलको पहलमा संकलन भएको रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत उपलब्ध गराइएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।