१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली टोपी नेपाली पहिचान

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार ०६:३४

काठमाडौं । ‘नेपाली टोपी नेपाली पहिचान’, ‘यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी आज पाँचौँ राष्ट्रिय टोपी दिवस मनाइएको छ ।
दिवसको अवसर पारेर जागरुक युवा अभियानले आज बिहान काठमाडौंमा ¥याली निकाल्यो । माइतीघरबाट शुरु भएको ¥याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर समापन भएको थियो ।
¥यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल, टोपी लगाएका सयौँ नागरिक स्वःस्फूर्तरुपमा सहभागि भए । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।
राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान बचाउनका दिवसको शुरुआत गरिएको बताउनुभयो ।