१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तीन महिनाभित्र उपत्यकाको लामो रुटबाट माइक्रो र टेम्पो हटाइने

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार ०६:३६

काठमाडौं । सरकारको पहलमा अको तीन महिनाभित्र काठमाडौं उपत्यकाका लामो रुटबाट माइक्रो र टेम्पो हटाइने भएको भएको छ ।
नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुटबाट माइक्रो र टेम्पो विस्थापनको संस्थागत प्रयोग शुरु हुने निश्चित भएको हो ।
सरकारी पहलमा खुलेको ‘सार्वजनिक यातायात कम्पनी’ले नगर विकास कोषसँग ती रुटमा चलिरहेका सार्वजनिक यातायातका साना सवारी साधन हटाएर कम्तिमा ६० जना अट्ने ठूला बस चलाउने गरी ऋण सम्झौता गरेको छ । व्यवसायीहरुले बस खरिद प्रक्रिया थालेका छन् ।
हालसम्म लामो रुटमा साझासहितका केही निजी व्यवसायीका समितिले मात्रै ठूला बस चलाइरहेका छन् । पहिलो प्रयास सफल भएमा सरकारी प्रोत्साहनमै यात्रुको चाप रहने उपत्यकाका अन्य रुटमा पनि ठूला बस गुडाउने प्रक्रिया थालिनी हुने बताइएको छ ।
सरकारले उपत्यकामा ‘मास ट्रान्स्पोर्टेसन’ प्रणाली लागू गर्न पहिलो चरणमा सामाखुशी यातायात र सफा टेम्पो परिवहन संघसँग सम्झौता गरेको हो ।
दुवै यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले ठूला बस खरिद गरी ‘सार्वजनिक यातायात कम्पनी’ दर्ता गराएका छन् । शुरुमा व्यवसायी माइक्रो र टेम्पो हटाउन तयार भएका थिएनन् ।
सरकारले प्रोत्साहनका रुपमा सहुलियत ऋण र १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि उनीहरु कम्पनीमा जान सहमत भएका हुन् ।