८ बैशाख २०८१, शनिबार
Follow Us

आइटम नम्बर खुलिन् ऋतिका (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार १३:३०

काठमाडौं । गायिका तथा मोडल ऋतिका जिरेल आइटम नम्बर लिएर आएकी छन् । ‘पोखरा घुम्नलाई जाउँ, कोही भन्छन् नगरकोट’ बोलको गीत लिएर आएकी ऋतिका यतिखेर चर्चामा छिन् । आफ्नै स्वर रहेको यस गीतको भिडियोमा ऋतिकाले हट डान्स गरेकी छन् । भिडियोमा ऋतिकाले सुरज प्रजापतिसँग रोमान्स गरेकी छन् ।
यस भिडियो सार्वजनिकपछि ऋतिकाले आफूलाई स्वर र अभिनयमा मात्र नभएर डान्समा पनि अब्बल देखाएकी छन् । भिडियोमा ऋतिकाको जादुमय डान्स र उनको सेक्सी लयले दर्शक तथा श्रोता पक्कै लठ्ठ हुनेछन् ।
भिडियोमा ऋतिकाको चञ्चलता पोखएको छ । उनको हट र सेक्सी नृत्यले भिडियो हेर्नेलाई पनि रोमान्स दिलाउनेछ ।
यस भिडियोमा ऋतिका र सुरजका अलावा यारोन, सुप्रिम र रोहनको पनि डान्स रहेको छ । अस्मित नापितको शब्दमा रहेको यस गीतमा राम कार्कीको संगीत रहेको छ भने यस भिडियोलाई अजय रेग्मीले खिचेका हुन् । भिडियोको निर्देशन भने शिवान पोखरेलले गरेका हुन् ।