१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सामाजिक परिचालक विरुद्ध मुद्दा दायर

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार १३:४०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँ–नगर साझेदारी कार्यक्रमको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन पोखरा उपमहानगरपालिकाका सामाजिक परिचालक अनिला गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हजार ५४७ रकम कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।

यस्तै आयोगले आज नेपाल विद्युत् प्राधिकरण काभ्रेपलान्चोक पाँचखालका सुपरभाइजर दिनेश थापालाई रु २५ हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै पक्राउ गरेको छ । विद्युत् पोल विस्तारका क्रममा सेवाग्राहीसँग घुस माग्दामाग्दै सुपरभाइजर थापालाई पक्राउ गरिएको आयोगले जनाएको छ ।