१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कतारको अलखोरमा मनाइयो नेपाली टोपी दिवस

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार २०:५३

कतार । ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ पाँच वर्ष पहिला जागरुक युवा समूहको पहलमा सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस कतारको अलखोरमा मनाइएको छ ।

सोमबार नेपाली समय ठीक १२ बजेदेखि सुरुभएको कार्यक्रममा उपस्थितहरुले ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने भन्दै व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियानले नेपालमा पाँच वर्षदेखि टोपी बचाउ अभियान चलाउँदै आएको छ ।

त्यस्तै बिदेशमा वस्ने नेपालीहरुले आजैको दिन ढाका टोपी लगाउँदै अन्तर्राष्ट्रिय टोपी दिवस कार्यक्रम गर्ने गरेका छन् ।

पहिलो चोटी सन्ध्या ग्रुप कतारले आफ्नै सभाहलमा गरेको कार्यक्रममा नेपाली पोसाक दौरा सुरबार र नेपाली ढाका टोपीमा पनि बाक्लो युवाहरुले उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले ढाका टोपी नेपालमा १५ औ सताब्दीमा बङ्गालबाट पाल्पाका राजा मुकुन्द सेनले नेपाल भित्राएको र त्येस लगत्तै काठमाडौं लगायातका जिल्लामा भित्रिएको बताए ।

त्येस्तै बिषेश अथिति सन्ध्या ग्रुप कतार र नेपाल प्रवासी तामांङ समाज कतारका प्रमुख सल्लाहकार थर्चा लामा र अथिति नेपाल प्रवासी तामांङ समाज कतारका सदस्य प्रेम तामांङले पनि प्रवास बाटै भएपनि नेपाली परम्परा सस्कृतिलाई सबै नेपालीले यसरिनै जोगाइ जानुपर्ने बताएका थिए ।

कार्यक्रम वीरेन्द्रकुमार याक्थुम्बाको सभापतित्वमा सम्पनन भएको हो । महासचिव सन्तोष केसीले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरूलार्इ कोषाध्यक्ष उमेश केसीले स्वागत गरेका थिए ।