६ बैशाख २०८१, बिहीबार
Follow Us

बागलुङमा माघ ३ देखि अमर आदर्श गोल्डकप हुने

sarusaru
१८ पुष २०७४, मंगलवार ०३:०२

बागलुङमा माघ ३ गतेदेखि अन्तर माध्यमिक विद्यालय स्तरिय अमर आदर्श गोल्डकप–२०७४ हुनेभएको छ ।
अमर आदर्श माध्यमिक विद्यालय बागलुङको आयोजनामा माघ ३ गतेदेखि ७ गतेसम्म बागलुङको बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ ।
विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन, क्षमता अभिवृद्धि, स्वस्थ मनोरञ्जन एवम् उत्कृष्ट खेलाडी निर्माण गर्न एवम् बागलुङलाई स्पोर्टस नगरीको रुपमा विकास गर्न सहयोग पु¥याउने र युवाहरुलाई फुटबलप्रति आकर्षित गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल कमल पन्तले जानकारी खबरवे अनलाईनलाई जानकारी दिए ।
प्रतियोगिताको विजेता नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने टिमले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएके छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।