७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र शाह आज धनगढीमा

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार ०४:३९

धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाह आज धनगढी जाँदैछन् । केही दिनदेखि नेपालगञ्जमा रहेका पूर्व राजा शाह आज सपरिवार धनगढी जान लागेका हुन । पूर्वराजाले धनगढीको उत्तरबेहडीको शिवपुरी धाममा रहेको एक सय आठ फिट अग्लो उत्तररामेश्वरम ज्योतिलिंगको सपरिवार दर्शन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा शाह पनि धनगढी जाने कार्यक्रम रहेको मूल स्वागत समितिले जनाएको छ । धनगढीमा राजावादीहरुले उनको स्वागतको तयारी गरेका छन् । पूर्वराजाको स्वागतका लागि धनगढीमा राजावादीहरुले कैयौँ चौधरीको संयोजकत्वमा १ सय १ सदस्यीय मूल स्वागत समिति गठन गरेका छन । पूर्वराजाले सपरिवार डोटीको शैलेश्वरीमा पनि दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । पूर्व राजा करिव दुई साता सुदुरपश्चिममा रहने बताइएको छ ।