१३ बैशाख २०८१, बिहीबार
Follow Us

समानुपातिक सूची सच्याउन दलहरुलाई आयोगको आग्रह

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार ०४:४४

काठमाडौं । निर्वाचन आयोगले कांग्रेससहित ६ राजनीतिक दलले बुझाएको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण भएको ठहर गरेको छ । ३ दिनको समय दिएर प्रस्तावित नामावली सच्याउन पत्राचार समेत गरेको छ ।
आयोगको बैठकले कांग्रेस, राजपा, संघीय फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सूची त्रुटीपूर्ण ठहर गरेको हो ।
६ दलले पठाएको नामावलीमा क्रमसंख्या मिचेको, समावेशी समूह नमिलेको, महिलाको ठाउँमा पुरुष पठाएको जस्ता त्रुटी भेटिएको आयोगका प्रवक्ता सहसचिव दिनेश घिमिरेले जानकारी दिनु भएको छ । उहाँले ३ दिनको समय दिएर भोलि पत्र पठाउँछौं र सच्याएर आएपछि अन्तिम परीणाम घोषणा हुने बताउनु भएको छ ।