७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्यास र पेट्रोलको मूल्य पुनः वृद्धि

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार ०४:४७

काठमाडौं । नेपाल आयल निगमले ग्यास र पेट्रोलको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले बताउनु भएको छ ।
खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।
अब पेट्रोल एक लिटरलाई १०२ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपैयाँ बढेर ९० रुपैयाँ प्रतिलिटर पुगेको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर पु¥याइको छ । मूल्य समायोजन गरेपछि पनि अझै निगमको मासिक घाटा २६ करोड ४० लाख रहेको प्रवक्ता गोइतले जानकारी दिनु भएको छ ।