१२ बैशाख २०८१, बुधबार
Follow Us

भित्रिएलान सन् २०१८ मा १२ लाख पर्यटक

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार ०९:०२

काठमाडौं । नेपाल पर्यटन र्बोडले नेपाल आउने पर्यटकको संख्या सन दुई हजार अठारमा बा-ह लाख पु-याउने लक्ष्यका साथ कार्यक्रम ल्याउने भएको छ । अघिल्लो साल करिव दश लाख पर्यटक नेपाल भित्रिएकोमा आगामी बर्ष थप दुई लाख पर्यटक भित्राउने र्बोडको तयारी छ । विगतमा अस्थिर राजनीति, बन्द हडताल, नाकाबन्दी झेल्दै सन २०१५ मा भुकम्पको मार खेपेको कारण नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन अनुमान गर्न नसक्ने गरी ओरालो लाग्यो । त्यसैले नेपालको पर्यटनमा भुकम्पपछि सन २०१६ लाई सर्भाइभ र २०१७ लाई रिभाइभल बर्षको रुपमा लिइएको थियो । जसका कारण सन २०१७ मा अहिलेसम्मकै सबैभन्दा बढि अर्थात दश लाख पर्यटक भित्रिएका छन् । त्यसैले वितेको बर्षलाई पर्यटन र्बोडले पर्यटक आगमनमा हिसावले स्वर्णिम कालको रुपमा लिएको छ ।
गत बर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढि पर्यटक नेपाल भित्रिएपछि हौसिएको र्बोडले आगामी बर्ष थप दुई लाख पर्यटक भित्राउने योजनाका साथ काम गरिरहेको हो । सन् २०१७ मा नेपाल भित्रिने सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् भने दोस्रोमा चीन र तेस्रोमा संयुक्त राज्य अमेरिकाका रहेका छन् । आगामी बर्षहरुमा छिमेकी देशसँगै तेस्रो मुलुकका पर्यटकलाई समेत नेपाल आकर्षित गर्ने योजनाका साथ काम भैरहेको र्बोडको भनाइ छ ।
नेपालमा अधिकतम पर्यटक भित्राउन र विश्वमा नेपालको पहिचानलाई अझ धेरै फैलाउन बोर्डले पछिलो समय डिजिटल प्रविधि मार्फत विभिन्न मुलुकमा प्रचारप्रसार गरिरहेको छ । सर्वसाधारण भने प्रचारप्रसारसँगै पर्यटकीय पूर्वाधार र नयाँ गन्तब्यहरुको प्रचारप्रसार गरे नेपाल आउने पर्यटकको संख्या बढने बताउछन् ।
नेपालमा आउने पर्यटकहरु मध्ये अधिकांश भारत र त्यसपछि चीनका भएकाले आगामी दिनमा युरोप अमेरिका लगायतका क्षेत्रवाट पर्यटक भित्राउने योजना समेत र्बोडले बनाइरहेको छ । नेपालमा आउने पर्यटक सरदरमा २ हप्ता बस्ने गरेको भएतापनि दुइ हप्तामा एउटा पर्यटकको कम्तिमा २५ सय अमेरिकी डलर खर्च हुने अनुमान गरिन्छ । सन् २०१७ मा कति आम्दानी भयो भन्ने बोर्डसँग यकिन तथ्यांक नभएपनि १२ देखि १५ प्रतिशत आम्दानी बृद्धि भएको बोर्डको ठम्याई छ ।