११ बैशाख २०८१, मंगलवार
Follow Us

बर्दियामा भव्य स्वागत पाएपछि पूर्वराजा ज्ञानेन्द्र उत्साहित

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार १३:२१

बर्दिया । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह मंगलवार बर्दिया पुगेका छन् । पूर्व राजा शाहले बर्दियाको गुलरियामा रहेको श्री बंगलामुखी मन्दिरमा पूजाअर्चना समेत गरेका छन् । बर्दिया पुगेका शाहको शुभचिन्तकहरुले भव्य स्वागत गरेका थिए । पूर्वराजा शाह राष्ट्रिय बाणिज्य बैंकबाट मन्दिरसम्म पैदलै गएका थिए । सो अवसरमा समर्थकहरुले पूर्वराजाको पक्षमा नारावाजी समेत गरेका थिए । नागरिक समाज बर्दियाको आयोजनामा पूर्व राजा ज्ञानेन्द्र शाह बर्दिया पुगेका हुन् ।