६ बैशाख २०८१, बिहीबार
Follow Us

यादवविरुद्ध आरोपपत्र दायर

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार १३:४६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय, सिरहामा कार्यरत इन्जिनियर रामबहादुर यादवविरुद्ध आज बिगो रु आठ हजार र सोहीबमोजिम जरिवाना तथा कैद सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगले इन्जिनियर यादवलाई निर्माण व्यवसाय अनुमतिपत्र बनाउन सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा केही दिनअघि पक्राउ गरेको थियो ।

यसैगरी आयोगले नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर दिनेश थापाले थ्रिफेज लाइन मर्मत जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु २५ हजार घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिई अनुसन्धान सरु गरेको जनाएको छ ।