४ बैशाख २०८१, मंगलवार
Follow Us

गर्भनर नेपाल, व्यवसायी ढकाल र एनआरएन अध्यक्ष भवन भट्ट लण्डन आउने

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार २२:१२

लण्डन । नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपाल र गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लण्डन आउने भएका छन् । गैरआवासीय नेपाली संघ यूकेको महासचिव राजकुमार त्रिपाठीका अनुसार उनीहरु यहि महिनाको तेस्रोसाता लण्डन आउन लागेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल सहितको सो टोलीले एनआरएन यूकेको आयोजनामा २२ जनवरी, सोमवार हुने एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ । यसै बीच गर्भनर नेपालले अल्डरशटमा स्थापना हुन लागेको ग्लोबल आईएमइ बैंकको सम्पर्क कार्यालय उद्धघाट गर्ने अपेक्षा गरिएको छ ।

उनीहरुले समृद्ध नेपालको लागी समूहिक लगानी विषयमा आफ्ना धारणा राख्ने एनआरएन यूकेले जनाएको छ ।

सो कार्यक्रमलाई सफल पार्न शेर सुनारको संयोजकत्वमा एक उपसमिति समेत गठन भएको छ ।
अध्यक्ष भट्टले संघको नेतृत्व समाले पछि एनआरएन यूकेको निमन्त्रणामा पहिलो पटक यूरोप भ्रमणमा निस्केका हुन् ।
कार्यक्रम संयोजक सुनारले गर्भनर नेपाल र भट्टको भ्रमणले सामूहिक लगानीको वातावरण बनाउन फलदायी हुने वताए ।
महासचिव त्रिपाठीले एनआरएन यूकेको निमन्त्रणालाई स्वीकार गरि राष्ट्र बैंकका गर्भनर, एनआरएन अध्यक्ष र सफल व्यवसायी चन्द्र ढकाल समेत वेलायत आउदा संघ गरिमा उच्च हुने वताए ।
यस्तै गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी तथा सामूहिक लगानी सम्वन्धि उपसमितिका संयोजक गंगा रानाले अल्डरशटस्थित एम्पायर हलमा आयोजना हुने सो अन्तरक्रिया कार्यक्रममा उपस्थित भैदिन वेलायतस्थित नेपाली समूदायलाई आग्रह गरेका छन् ।