६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्ष पन्त बेल्जियममा

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०८:०६

लन्डन। आबासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त बेल्जियम पुगेका छन्। राष्ट्रिय समन्वय परिषद बेल्जियमद्वारा आयोजना गर्न लागेको युरोपस्तरीय भलिबल प्रतियोगिताको कार्यक्रममा सहभागी बन्न उपाध्यक्ष पन्त बेल्जियम पुगेका हुन्। संघले मंगलबार लुभनमा युरोप स्तरीय रनिङ् शिल्ड भलिबल प्रतियोगिताको आयोजना गर्दै छ।

संघका केन्द्रिय उपाध्यक्ष पन्तले बेल्जियम स्थित गैर आबासीयहरुसँग भेटबार्ता तथा छलफल गर्दै छन्। आगामी केन्द्रिय अध्यक्षका दाबेदार मानिएका पन्तले पछिल्लो क्रममा छलफल तथा सक्रियता बढाउँदै लगेका हुन्।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ हजार ५ सय युरो र दोस्रोलाई १ हजार युरो सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ। युरोपमा रहेका नेपालीहरु बिच आपसी सम्बन्ध प्रगाढ पार्न प्रतियोगिताको आयोजना गरिएको संघले जनाएको छ।यस अघि उपाध्यक्ष पन्तले युरोपका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुले आयोजना गरेका कार्यक्रममा पनि सहभागिता जनाउँदै आएका छन्।