१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जनसम्पर्क समिति जापानको सभापतिमा रोसन केसीको बलियो सम्भवना

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०७:३९

लन्डन । नेपाली जनसम्पर्क समिति जापानमा अहिले निर्वाचनको चटारो छ । अगामी २१ अगष्टमा टोकियोमा हुने निर्वाचनमा लागि डिपी कंडेल र रोसन केसीले प्यानल सहित उम्मेदवारी दर्ता गरेका छन् । केसीले ‘नारामा मात्र होईन यथार्थमा जाऔ, समावेशी तथा लोकतान्त्रिक पद्धतिको कार्यान्वयन गरौ’, रोशन केसी को प्यानललाई अत्याधिक बहुमतले बिजयी बनाऔ, भन्ने चुनावी नारा अघि सारेका छन् । उनलाई त्यहाँस्थित नेपाली जनसम्पर्क समितिको संस्थापन पक्षको पूर्ण समर्थन रहेको छ ।

संसोधित विधानअनुसार ३५ जनाको कार्यसमिति चयन गर्नै जसमा पदाधिकारी तर्फ सभापति सहित महामन्त्री र कोषाध्यक्षमा खुल्ला उम्मेदवारको निर्वाचनबाट चयन हुने भएको छ ।
यस्तै कार्यसमिति सदस्यमा २९ जना कन्द्रीय सदस्य पदलाई निर्वाचन मार्फत चयन गर्ने टुङ्गो लगाईएको छ । जसबाट ५ जना उपाध्यक्ष, एक जना सहमहामन्त्री, एक जना सहकोषाध्यक्षलाई चयन गरिनेछ ।
संशोधित विधानले ५ जनाको उपाध्यक्षमा एक महिला तथा एक जनजाति तर्फबाट अनिवार्य सहभागि गराउने पारित गरिएको छ ।

निर्वाचन तालिका

निर्वाचन समितिले छैठौ अधिवेशनको कार्यतालिका सार्वजानिक गरेको छ।
छैठौ अधिवेशन निर्वाचन समितिका संयोजक महेशकुमार श्रेष्ठका अनुसार अगष्ट १४ मा निर्वाचन कार्यतालिका प्रकाशन, १५ तारिक वेलुका सम्म मतदाता नामावली प्रकाशन, अगष्ट १६मा अन्तिम मतदाता नामावली प्रकाशन, अगष्ट १७ विहान १० वजेबाट ३ वजेसम्म उम्मेदवारी दर्ता, १८ तारिक साँझसम्म उम्मेदवार नामावलि प्रकाशन गर्ने तालिका सार्वजानिक गरिएको छ ।
यस्तै अगष्ट १८ १ वजेसम्म उम्मेदवारी माथी दावी विरोध, उम्मेवदारी फिर्ता, अगष्ट १९ तीन वजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २१ अगष्ट विहान १० वजेबाट सवै स्थानमा एकै साथ पाँच वजेसम्म निर्वाचन गराईने तालिका सार्वजानिक गरिएको छ ।
यस्तै २३ तारिकमा मतगणना गरि २४ तारिकमा घोषणा सभा मार्फत विजयी उम्मेदवारको घोषणा गरिने तालिका सार्वजानिक गरिएको छ ।