८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाण्डौको तापक्रम यो वर्षकै कम

sarusaru
१९ पुष २०७४, बुधबार ०३:२७

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधवार बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गत पुस १ गते काठमाडौंको तापक्रम २.८ मा झरेको थियो । त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम बुधबार पुनः घटेको हो ।

मौसमविद विभूति पोखरेलले काठमाडौंसहित देशभर चिसो बढेको जानकारी दिइन् ।

पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भू–भागमा कुहिरो नहट्दा चिसो बढेको हो ।

रातभरि कुहिरो नहटे पनि दिउँसो कुहिरो फाट्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।

– अनलाइन खबरबाट ।