१५ बैशाख २०८१, शनिबार
Follow Us

समीक्षा गर्न आजवाट राप्रपा बैठक

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार ०३:४९

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न राप्रपा केन्द्रिय समितिको बैठक आजवाट शुरु हुँदैछ । राजधानीमा हुने केन्द्रिय समिति बैठकमा निर्वाचनको समिक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । तीन दिनसम्म चल्ने केन्द्रिय समिति बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र भावि कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्ने कार्यसूची रहेको छ । साथै बैठकमा पार्टीको भावि कार्यक्रमको रुपरेखा पनि प्रस्तुत राप्रपाले जनाएको छ ।