११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन अध्यक्ष घले रियो ओलम्पिकमा सहभागी हुने

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०८:०५

लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष डा शेष घले रियो ओलम्पिक २०१६ मा सहभागी हुने भएका छन् ।

अध्यक्ष डा घले १९ र २० अगष्टमा हुने विभिन्न खेलहरुको अवलोकन गर्न ब्राजिल जान लागेका हुन् । घलेले चाइना र नेपालबीच हुने तेक्वान्दोको अन्तिम खेलमा नेपालका खेलाडीलाई हौसला प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उनी सकर फूटबल खेलको अन्तिम खेलमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

अध्यक्षले केही महत्वपूर्ण बैठक तथा नेपाल ओलम्पिक कमिटिका प्रमूखहरुसाँग बैठक गर्ने छन् । घलेले एनआरएनए ब्राजिलको बार्षिक सधारण सभामा समेत संबोधन गर्नु कार्यक्रम रहेको छ ।