८ बैशाख २०८१, शनिबार
Follow Us

‘आफूलाई जनताको बीचमा पाउँदा खुशी लाग्छ’

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार ११:३१

धनगढी । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीस्थित शिवपुरी धार्मिक स्थलमा पूजाअर्चना गरेका छन् । परिवारका सदस्यहरुका साथमा धनगढी उपमहानगरपालिका चार उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुगेर उनले पुजापाठ गरेका हुन ।

पूजापाठपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले जनताको विचमा आउन पाउदा खुसी मिलेको बताए । सो क्रममा पूर्व राजा शाहले धाममा रहेको १ सय ८ फिट अग्लो शिवलिङ्ग, नेपाल आमाको मूर्तिमा पुजा गरेका थिए ।

पूर्वराजा शिवपुरी धार्मिक स्थलमा आउने भनेपछि ठुलो संख्यामा सर्वसाधारण त्यहा पुगेका थिए । सो अवसरमा समर्थकहरुले पूर्वराजाको पक्षमा नारावाजी समेत गरेका थिए । केही दिनदेखि पश्चिम नेपालमा रहेका पूर्व राजा शाहले हिजो बर्दियाको गुलरियामा रहेको बंगलामुखी मन्दिरमा पूजाअर्चना गरेका थिए । उनी बिहीबार डोटीको प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी दर्शनका लागि जाने कार्यक्रम रहेको छ ।