१५ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपाको बैठक बस्नेवित्तिकै स्थगित

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार १२:२७

काठमाडौं । आजदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको बैठक बसेको केही बेरमै स्थगित भयो । बैठक भोलि बिहान ८.०० बजे बस्ने गरि स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीति र भावी कार्यदिशा विषयक राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ । आज १४ केन्द्रीय सदस्यले छलफलमा भाग लिए ।
बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुरु भएको बैठकमा सहभागी सबै नेतालाई आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे दृष्टिकोण राख्न आग्रह गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले मुलुकमा विकास भएको राजनीतिक घटनाक्रमबारे सहभागीलाई जानकारी गराउँदै स्थानीय तहदेखि नै संगठन सुदृढीकरणका लागि वैचारिक छलफल गर्न केन्द्रीय सदस्यलाई आग्रह गर्नुभयो ।