१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नागरिकता सम्बन्धी ऐन मन्त्रालयभित्रै गायव

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार २२:४०

लण्डन । । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले एनआरएन नागरिकता सम्बन्धी ऐन ड्राफ्ट भइरहेको बताएका छन् ।

एनआरएन नागरिकताको बिषयलाई कसरी निरन्तरता दिने भन्ने बिषयमा छलफल चलेको भन्दै ढकालले ऐन ड्राफ्ट भइरहेको बताएका हुन्। तर यो ड्राफ्टलाई भने मन्त्रालय भित्रै गुपचुप पारिएको छ । यसअघि अमेरिकामा सम्पन्न संघको क्षेत्रिय सम्मेलनमा पुगेका कानुनमन्त्रालयका तत्तकालिन सचिवले समेत सो ऐन तयार भएको दावी गरे पनि सरोकारवालको हातमा भने परेको छैन् ।

परराष्ट्र अधिकारीहरुको टोलीलाई नेतृत्व गर्दै गत साता बेल्जियममा एनआरएनहरुसँग छलफल गर्दै सहसचिव ढकालले भने, ‘नेपालको संबिधान २०७२ ले एनआरएनलाई सामाजिक आर्थिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भन्ने प्राबधान गरेको छ। त्यसलाई कुन रुपमा अगाडि बढाउने भन्ने बिषयमा त्यसको ड्राफ्ट भइरहेको छ। एनआरएन ऐन तथा नियमावलीमा केही कमी तथा कमजोरीहरु पनि देखा परेका छन्। ऎन ड्राफ्टसँगै त्यसलाई पनि संशोधन गर्नका लागि प्रक्रिया अघि बढाएका छौ।’

नागरिकता सम्बन्धी एेनले केकस्ता अधिकारहरु ल्याउँछ त्यो हेरेर एनआरएनएन ऎन तथा नियमावली संशोधन हुने ढकालले बताए। उनले भने,’परराष्ट्र मन्त्रालयमा एनआरएन डिभिजन नै खडा गरेर एनआरएनहरु समस्या र मागलाई नेपाल सरकारले गम्भीरता पुर्बक लिएको छ।’

एनआरएनए बेल्जियमको आयोजनामा परराष्ट्र मन्त्रालयको उच्च स्तरीय सरकारी टोलीसँग अन्तरक्रिया गर्न युरोपका बिभिन्न देशहरुबाट एनआरएन अभियन्ताहरु आन्त्रोपन पुगेका थिए।

एनआरएनहरुको सुझाव अनुसार स्मार्ट खालको बोक्न र देखाउन सजिलो एनआरएन परिचय पत्र कार्ड तयार भइसकेको पनि परराष्ट्र अधिकारीहरुले जानकारी दिए।

एनआरएन बिधान संशोधनको प्रक्रियामा परराष्ट्रमन्त्रालयको सहमति प्राप्त गर्नुपर्ने प्राबधान अनुरुप तुरुन्तै केही दिनमा नै सहमति प्रदान गर्ने जानकारी समेत टोलीले सो अवसरमा दिएको थियो।

नेपालमा एनआरएनले लगानी गर्दा केही प्राबधानहरु नेपाल राष्ट्र बैंकले तोकेको बताउँदै अधिकारीहरुले भने, ‘ती प्राबधानहरुलाई बेलैमा फलोअप गर्नुभयो भने पछि समस्या आउँदैन। अहिले राष्ट्र बैंकलाई जानकारी नदिई लगानी गर्ने हो भने पछि त्यसको लाभ वा अन्य कुरामा समस्या आउन सक्छ। बरु हामी प्रक्रियालाई कसरी सरलीकरण गर्न सकिन्छ त्यता तिर लाग्ने छौ ।’

बेल्जियम स्थित नेपाली राजदूत लोकबहादुर थापाले दूताबास, परराष्ट्र मन्त्रालय र एनआरएनबीचको छलफल निकै सकारात्मक रहेको बताए। उनले भने, ‘एनआरएन डेस्ककै सहसचिव आएर दूताबासको उपस्थितिमा गैरआवासीय नेपालीहरुबीचको छलफल निष्कर्ष निकै सकारात्मक हुने अपेक्षा गरेको छु।’

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य,सचिव जानकी गुरुङ,महिला संयोजक रजनी प्रधान लगायत युरोपस्थित एनआरएन अभियन्ताहरुको सहभागिता रहेको थियो ।

बेल्जियम,बेलायत,स्पेन,स्विडेन,डेनमार्क लगायतका मुलुकहरुबाट एनआरएनहरु सहभागी थिए।