६ बैशाख २०८१, बिहीबार
Follow Us

देउवाले राजीनामा दिनु पर्दैन : प्रचण्ड

नेपालब्रिटेन डट कम्
२० पुष २०७४, बिहीबार ००:०३

काठमाण्डौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा दिन नपर्ने वताएका छन् ।

अध्यक्ष प्रचण्डले ललितपुरको कुपण्डोलमा रहेको नेटवर्कको कार्यलय पुगेर नयाँ सरकार गठनको प्रकृया अघि बढी सकेकाले देउवाको राजीनामा माग्नु उचित नभएको तर्क गरे ।

अध्यक्ष प्रचण्डले पार्टी र सरकार गठनबारे भइरहेको ढिलाईबारे स्पष्ट गरे । ‘पार्टी एकता र सरकार गठनबारे बाहिर जे जति हल्ला र समचार आएका छन्, ती समचारमा कुनै सत्यता छैन,’ प्रचण्डले भने ।

उनले एमाले अध्यक्ष केपी ओली केही दिनयता, केही अस्वस्थ र आफु पनि पार्टी गतिविधिमा व्यस्त हुनुपरेकाले पार्टी एकता संयोजन समितिको बैठक बस्न ढिला भएको बताए ।