८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन कप एभरेष्ट क्लबकाे हातमा

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०८:१२

आयरल्याण्ड । आयरल्याण्डमा सम्पन्न एन आर एन कप फूटबलको उपाधी एभरेष्ट फूटबल क्लबले हात पारेको छ । आइतवार सांझ सम्पन्न खेलमा एभरेष्ट फूटबल क्लबले नेप्लिज फूटबल क्लब कर्कलाई ट्राइबेकरमा हराएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयमा दुबै टीमबाट १-१ गोलको बारीबरी भएपछी अतिरिक्त समय थपिएको थियो भने सो समयमा कुनै गोल नभएपछी खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा ३-२ को जित हात पारेको एभरेष्ट खेलको सुरुवातमा भने १-० ले पछी परेको थियो । खेल सकिन ४ मिनेट बाँकी हुँदा एभरेष्टका कप्तान दिपक कार्कीले गोल गर्दै खेल लाई बराबरी बनएका थिए । अन्तिम समयमा रक्षात्मक खेल खेल्न नसकेको र जित आगन्तुक टीम कोर्कले गुमाउनु परेको हो । खेलमा गोल्डेन बूट सन्जीव रिमालले हात पारे भने मोस्ट भ्यालुएबल प्लेएर रोबीन मानन्धर चुनिय ।

प्रसिद्ध बिक्रम थापाले ब्यबस्थापन गरेको एभरेष्ट जित संगै आफु खुसी रहेको र टीमले अर्को खेलमा पनि जित हात पार्ने आसा ब्यक्त गरे ।