१३ बैशाख २०८१, बिहीबार
Follow Us

​कालिगण्डकी करिडोरमा दुईवटा पुलको निर्माण सुरु

sarusaru
२० पुष २०७४, बिहीबार ०४:००

कालीगण्डकी करिडोरको पर्वत खण्डमा दुईवटा पुल निर्माणको काम सुरु भएको छ ।
गाडी चल्ने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माणको काम थालिएको हो । कालीगण्डकी करिडोरको पर्वत र स्याङ्जा खण्डमा चारवटा पुल निर्माण हुँदैछन् ।
कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुष्माबजार नजिकै मोदीवेणीमा ९ करोड १४ लाख रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।
६० मिटर लामो तथा ११ मिटर पुल चौडा आउँदो असारसम्ममा सम्पन्न हुनेगरी निर्माण सुरु गरिएको थियो । तर निर्माणस्थल परिवर्तन गर्नुपरेका कारण थप एक वर्ष ढिला हुन सक्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।