१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चिसोको कारण हुम्लामा ६ जनाको मृत्यु ; कैयौँ बिरामी

sarusaru
२० पुष २०७४, बिहीबार ०४:०४

हुम्ला । चिसाे बढेपछि फैलिएकाे रूघाखाेकी र ज्वराेले हुम्लामा २ जनाकाे ज्यान गएकाे छ भने कैयन बिरामी परेका छन् ।

सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको चिसाेका कारण लागेकाे रुघाखोकी र ज्वरोबाट मृत्यु भएको हाे ।

दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७/८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।

निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा पुगेकाे जानकारी दिए ।

हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।

– अनलाइन खबरबाट ।