१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बालुवाटार बैठक

नेपालब्रिटेन डट कम्
२० पुष २०७४, बिहीबार ०५:१४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्न अहिले पाँच दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका नेताहरु सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल हुनेछ ।
सरकारले प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को भक्तपुरको ठिमी, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी अस्थायी राजधानी हुने खाका पेश गरेको छ।
आजै मन्त्रिपरिषद्को बैठक बस्ने भएकाले सर्वदलीयमा सहमति भए सम्भवतः प्रदेश प्रमुख नियुक्तिको निर्णय हुने र प्रदेशको अस्थायी राजधानीलाई स्वीकृति दिने अनुमान गरिएको छ ।