७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसङ्घ अध्यक्षका लागि आठ जनाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार १०:२८

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ । महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहनुभएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिनुभयो ।

सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले साँझ ६:३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औं महाधिवेशन अन्तर्गत मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।