April 6, 2020

तेह्रथुममा पिकअपबाट खसेर एक जनाको मृत्यु

  5th January 2018 मा प्रकाशित

तेह्रथुम । तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन्। बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। पिकअप र चालक संखुवासभाको स्यावुन–८ घर भई हाल धनकुटा–७ बस्ने ४७ वर्षीय गयराम श्रेष्ठलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ।
-रासस

प्रतिक्रिया