१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री देउवा छ महिने समीक्षा बैठक गर्दै

नेपालब्रिटेन डट कम्
२१ पुष २०७४, शुक्रबार ०७:३३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालको समिक्षाका लागि भन्दै बैठक बेलाउनुभएको छ । उहाँले सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई बालुवाटारमा बोलाउनुभएको हो ।

प्रधानमन्त्री भएपश्चा आफनो कार्यकालमा भएका कामकारवाहीका बारेमा जानकारी लिन हरेक ६ महिनामा समिक्षा बैठक बोलाउने चलन रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपश्चात स्थानीय तहको निर्वाचन, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न सफल भएका छन् ।

यद्यपी बैठक राष्ट्रिय योजना आयोगको आयोजनामा गरिएकाले विभिन्न विकासको योजनाको विषयमा भएका कामको बारेमा समेत समिक्षा भइरहेको छ । सरकारवाट भएको काम कारवाहीको अनुगमन तथा मुल्याङकनका विषयमा विशेष समिक्षा गरिने योजना आयोगले जनाएको छ ।