१३ बैशाख २०८१, बिहीबार
Follow Us

रुपन्देहीमा गोली हानेर एकको हत्या

नेपालब्रिटेन डट कम्
२१ पुष २०७४, शुक्रबार ०७:३५

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । गोली लागेर स्थानीय बलु पौडेल मारिएका हुन् । टाउको र छातीमा गरी दुई गोली लागेको पौडेलको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।
पौडेल एमालेका नेता नीलकण्ठ पौडेलका छोरा हुन् । गोली हान्ने ब्यक्ति मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्नेको पहिचान भएको छैन । प्रहरीले गोली हान्नेको खोजी जारी राखेको छ ।