१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘कान्छी’को‘यो दिल दाऊमा लाउने’ गीत सार्वजनिक

sarusaru
२१ पुष २०७४, शुक्रबार ०८:३१

वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा ७५ लाख बढी ‘भ्यू’ पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको छ ।

चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । भिडियोमा यो जोडीको आकर्षक केमेष्ट्री देखिन्छ ।

यो गीत फिल्मको टर्निङ प्वाइन्ट हुनसक्ने अनुमान लगाउन सकिन्छ । गीतको भिडियोलाई लोकेशन, कोरियोग्राफी र खिचाइले उत्कृष्ट बनाएको छ । फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन्

– फिल्मी खबरबाट ।