१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाङमा राजा आउ देश बचाउँ नारा लाग्यो

नेपालब्रिटेन डट कम्
२१ पुष २०७४, शुक्रबार १२:२९

दाङ । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाङमा भव्य स्वागत गरिएको छ । शुक्रबार घोराहीस्थित अम्बिकेश्वरी मन्दिरमा पूजा–अर्चना र चौघेरास्थित श्री रत्ननाथ मन्दिरमा दर्शन गर्न आएका शाहलाई सर्वसाधारण, समर्थक र शुभेच्छुकले स्वागत गरेका हुन् । सोक्रममा ‘राजा आऊ, देश बचाऊ’लगायतका नारा पनि लगाइएको थियो । पूर्वराजाको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।