१५ बैशाख २०८१, शनिबार
Follow Us

पशुपतीनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन आयोजना हुने

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार १२:५७

फडिन्द्र भट्टराई , लन्डन!
आगामी बिहीवार अगस्ट १८ तारिक हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना हुने भएको छ । मन्दिर व्यवस्थापन समितीले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न ईच्छुक सबैलाई बिहान ८ बजे देखी दिनको १ बजे सम्मको समयमा मन्दिरमा उपस्थित हुन आवहान गरेको छ ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बालजंग अर्यालका अनुसार रक्षा वन्धनको अवसरमा बिहानै देखी रुद्राभिषेक पुजा सहित जनै पुजन तथा मंत्रोरचरणको बिशेष पुजा अजा मन्दिर आवद्द पण्डित हरु बाट संचालन हुने छ । पुजित रक्षा वन्धन तथा जनै वितरण ८ बजे देखी शुरु गरिने जानकारी मन्दिर व्यवस्थापनले दिएको छ ।
मन्दिर व्यवस्थापन समितीका महासचिव अर्जुन गौतमले मन्दिरमा आयोजित रक्षा वन्धन कार्यक्रममा सहभागिताको लागी आफ्नो मातहतका साथीभाई हरुलाई सुसुचित गर्न सबैमा आग्रह गरिएको जनाएका छन ।
साउथ ईष्ट लन्डनको प्लमस्टेडमा नेपाली हरुकै पहलमा स्थापित पशुपती मन्दिरले विगतका बर्षहरुमा समेत रक्षा वन्धन, तीज, दशैँ , शिवरात्री लगायतका पर्वहरुमा बिशेष पुजाआजाको आयोजना गर्दै आएको छ ।
रक्षा वन्धनको दिनमा हिन्दु धर्मालम्बी हरुले परम्परागत रुपमा रक्षा वन्धनको रुपमा पुजिएको डोरो बाँध्ने तथा जनै पहिरेर धार्मिक कर्म प्राप्तीको मार्गमा पुनर्जागरुक हुने पावन दिनको रुपमा जनै पुर्णिमा मनाउने परम्परा रही आएको छ ।