६ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान कार्यान्वयनमा अझै जटिलता

नेपालब्रिटेन डट कम्
२१ पुष २०७४, शुक्रबार १२:४९

भक्तपुर । नेकपा (एमाले) नेता सुवास नेम्वाङले दलहरुको विवादका कारण संविधान कार्यान्वयनमा अझै पनि जटिलता कायमै रहेको बताउनुभएको छ । ‘काठमाडौँ स्कुल अफ ल’ को १८ औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वसभामुख नेम्वाङले तीन तहको निर्वाचनपछि पनि संविधान कार्यान्वयनमा जान नसक्नु संविधानको नभई राजनीतिक दलबीचको विवाद नै प्रमुख कारण भएको बताउँदै संविधान कार्यान्वयन र समृद्धिका लागि जनादेशको पालना गर्दै दलहरुले छिटोभन्दा छिटो समाधान निकाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका अध्यक्ष माधवप्रसाद आचार्य, कलेज प्रमुख युवराज संग्रौला, सहप्राध्यापक प्रदीप पाठक, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलगायतले मुलुकमा कानूनी शासनको कार्यान्वयन र पालना हुनुपर्नेमा जोड दिनुभएको थियो ।