१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल एअरलाइन्सको यात्रा विश्वकै असुरक्षितमध्ये एक

नेपालब्रिटेन डट कम्
२२ पुष २०७४, शनिबार ००:३०

नेपालको राष्ट्रिय ध्वजावाहक विमानसेवा नेपाल वायुसेवा निगम विश्वकै असुरक्षित एअरलाइन्सको सूचीमा परेको छ ।
अस्ट्रेलियाबाट सन्चालित प्रतिष्ठित अनलाइन AirlineRatings.com ले नेपाल एअरलाइन्ससँगै नेपालकै अन्य तीन विमानसेवालाई पनि उक्त लिस्टमा सूचीकृत गरेको हो ।

यसरी सूचीकृत हुनेमा बुद्ध एअर, यति एअरलाइन्स र तारा एअर रहेका छन् ।

विश्वका ४०० बढ़ी एअरलाइन्सको अध्ययन र विश्लेषणपछि घोषणा गरिएको सबैभन्दा सुरक्षित विमानसेवाको लिस्टमा भने कुनै पनि नेपाली एअरलाइन्स परेका छैनन् । बेलायतको ब्रिटिश एअरवेज, भर्जिन एटलांटिक, अस्ट्रेलियाको क्वाण्टास, जापानको जापान एअरलाइन्स र मध्यपूर्वका इथियाद र इमिरेटलगायतका विमानसेवाहरू विश्वकै सुरक्षित मानिएका छन् ।