१५ चैत्र २०८०, बिहीबार
Follow Us

मृत अवस्थामा महिला फेला परिन्

नेपालब्रिटेन डट कम्
२२ पुष २०७४, शनिबार ०८:३४

जनकपुरधाम । जनकपुर उपमहानगरपालिका–९ मा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका–९ की ५२ वर्षीया रतियादेवी यादव रामानन्द चोकको तरकारी बजारमा मृतावस्थामा फेला परेकी हुन् । यादव रामानन्द चोकको तरकारी बजारमा तरकारी बेच्ने गरेकी थिइन् । मृतकले लगाएकी चप्पल फोहर फाल्ने कन्टेनरमा भेटिएको र अन्य अनुसन्धान जारी रहेको प्रहरीले जनाइएको छ ।