१५ चैत्र २०८०, बिहीबार
Follow Us

पूर्वअध्यक्ष लामिछाने सहित एनआरएन नेताहरु लण्डनमा भेला हुदैं

नेपालब्रिटेन डट कम्
२२ पुष २०७४, शनिबार २१:४०

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु लण्डनमा भेला हुदैंछन् । नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउन लागेको हो ।
गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार सो २२ जनवरी सोमबार, अल्डरशटमा हुने अन्तरक्रियामा गर्भनर चिरन्जीवी नेपालका अतिरिक्त, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहनेछ। त्रिपाठीका अनुसार यूरोपस्थित संघका सबै पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ ।

यसै बीच गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्ने भएका छन् ।

गत नोभेम्बरको दोस्रो सातादेखि सञ्चालनमा रहेको ग्लोबल आइएमईको सम्पर्क कार्यालयको उद्घाटन २१ जनवरीमा अल्डरशटमा आयोजित एक भव्य समारोहका बीच हुने बेलायतका लागि प्रतिनिधि अमित चालिसेले बताए। गर्भनर नेपाल ग्लोबल आइएमई ग्रुपका प्रमुख चन्द्र ढकालसहित लन्डन आउन लागेका हुन्।

११ वर्षदेखि निरन्तर सेवा दिँदै आएको सो बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ। १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो। यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदैै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो। करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।